पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियारविरुद्ध पक्राउ पूर्जी
२०७४ जेठ १५ गते

“
रौतहट, असोज ९ । पप्पु कन्स्ट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरिएको छ । रौतहटमा भएको डुङ्गा दुर्घटना सम्बन्धन्धि मुद्दामा अनुसन्धानका लागि बोलाइएका रौनियार उपस्थित नभएपछि जिल्ला अदालत रौतहटले पक्राउ गर्न पूर्जी जारी गरेको हो ।
भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना भएपछि उनीविरुद्ध पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
निर्माण कम्पनीको चरम लापरबाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेको भन्दै पप्पु कन्सन्ट्रक्सनविरुद्ध स्थानियले मुद्दा दायर गरेका हुन् ।
२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








