आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ असोज ९ । दशैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । सरकारसँग यातायात भाडा बढाउने सहमति पश्चात् आजबाट अग्रिम टिकट बुकिङ खुलेको हो ।

५ गतेबाटै गर्ने भनिएको टिकट बुकिङ पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गर्दै रोकेका थिए । सोही माग सम्झौता अनुसार शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सरकारसँगको सहमतिपछि नेपाल यातायात व्यवसायी महासंघको बैठकले आज ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

सरकारले १५ दिनमै इन्धनको मूल्य बढाएको थियो । हालको कायम भएको पेट्रोलको प्रतिलिटर मूल्य ११४ रुपैयाँ र डिजेलको प्रतिलिटर १०१ रुपैयाँ छ । सोही अनुसार इन्धनलाई ३५ प्रतिशत र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्दै भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =