उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्टै काश्मिरमा छ जनाको मृत्यु

भारत, असोज ८ । भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् ।

मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना लडाकू रहेको समाचारमा जनाइएको छ ।

दुई पक्षबीचको भिडन्तमा परी उनीहरु मारिएको सैन्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भारतीय सेनाका कर्णेल राजेश कालीले भारत र पाकिस्तानको सिमाना पार गर्न खोज्ने दुई जना शंकास्पद व्यक्तिहरु आइतबार मारिएको बताए ।

त्यस बाहेक अन्य तीन शंकास्पद लडाकूहरु र अर्का एक जना सुरक्षाकर्मी सोमबार मारिएको उनको भनाई छ । घटना भएको ठाउँ उत्तरी ताङधार क्षेत्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =