सिन्धुलीमा जीप पल्टिँदा ५ जनाको मृत्यु

माघ २४, काठमाडौँ । सिन्धुलीमा यात्रुबाहक जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा हुँदा गाडीमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा फिक्कल गाउँपालिका २ की तिलमाया विक, कुनमान तामाङ, लक्ष्मी विक र फिक्कल गाउँपलिका–३ की शान्तामायाँ श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको हाे भने गम्भीर घाइते फिक्कल गाउँपालिका–२ की २५ वर्षीया अनिता महतको खुर्कोटस्थित शुभजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

null

दुर्घटनामा बोलेरो चालक मानबहादुर सुनुवार, गंगामाया विक, चन्द्रमाया विक, रोजेन्द्र सुनुवार, नन्दलाल विक, जयप्रसाद न्यौपाने लगायत ८ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

दुर्घटनाका घाइते र मृतकको शव खुर्कोटमा ल्याइएको छ । बोलेर दुर्घटनाको कारण एकिन नभए पनि कच्ची सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

जीपमा यात्रारत ८ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि धुलिखेल लगिएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =