गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा भोलि

 

माघ १५, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा माघ १६ गते हुने भएको छ । 

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालाको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभा गृहमा औपचारिक घोषणा गरिने सिताराम कट्टेल (धुर्मुस) ले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् । 

null

‘धुर्मुस सुन्तली फाउण्डेशन मार्फत् भरतपुर चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छौं । सो को भोली ठिक १ः३० बजे राष्ट्रिय सभागृह, भृकुटीमण्डप बाट घोषणा गर्दैछौं ।’, उनले फेसबुकमा लेखेका छन् । 

 

सोही कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको हो । भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =