पिता बने आर्यान सिग्देल

 

बैशाख ६, काठमाडौं । कलिउडका चकलेटी हिरो आर्यान सिग्देल पिता बनेका छन् । 

विवाहको चौंथो वर्षगाँठमा आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १२ बजे छोरा जन्मिएको हो । बच्चा अस्पतालमा जन्मिएको हो । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको बताइएको छ । 

null

आर्यानले हिजै मात्र आफ्नो फेसबुमा चौंथो वैवाहिक वर्षगाँठको उपलक्ष्यमा निकै भावुक स्टाटस लेखेका थिए । केही समयअघि प्रेग्नेन्सीको तस्विर सार्वजनिक गर्दा यो जोडी आलोचनाको शिकार पनि बनेको थियो । 

आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । 

आर्यनले किस्मतबाट चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छ मा मुख्य भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो। यो चलचित्र पनि व्यावसायिक रूपमा सफल भएको थियो । दर्शकले पनि निकै रूचाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *