जनरल हस्पिटलद्वारा गर्भवती महिलाको निःशुल्क शल्यक्रिया

पौष ७, बिराटनगर ।  आर्थिक अभावका कारण उपचार हुन नसकेको एक गर्भवती महिलाको बिराटनगरस्थित घोघापुल  चोकमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरले निशुल्क शल्यक्रिया गरेको छ ।   

सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपा की १९ वर्षिय ललिता देवि मण्डललाई उक्त अस्पतालले निशुल्क शल्यक्रिया गरिदिएको हो । गत कात्तिक २९ गते ट्रमा सेन्टरमा उनलाई भर्ना गरिएको थियो भने उनको ३० गते  शल्याक्रियाद्धारा जुम्ल्याहा बच्चा जन्मिएकोे हो  ।   

उनको उपचारको क्रममा लागेको खर्च अस्पतालको तर्फबाट २ लाख १० हजार  रुपैँया निःशुल्क गरिदिएको र फार्मेसीको तर्फबाट ३४ हजार निःशुल्क गरिदिएको ट्रमा सेन्टरका मेनेजिङ ड्राईरेक्टर दिपक रोयले जानकारी दिए । 

उनका अनुसार उक्त बिरामीलाई स्वास प्रस्वासमा समस्या भएको कारण र अस्पतालमा भेन्टिलेटर खालि नभएकाले गत मसिंर ५ गते अस्पतालबाट डिस्चार्ज गरेको उनले बताए ।   

गत असोज १ गतेबाट संचालमा आएको उक्त अस्पतालले आर्थिक आभावका कारण उपचार हुन नसकेका बिरामीहरुका लागि साथै  जेष्ठ नागरिकहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको रोयको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =