ढिस्कोले पुरेर १ मानिस बेपत्ता
२०७४ जेठ १५ गते

“
धादिङ, ७ असोज ७ । बूढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक आज बेपत्ता भएका छन् ।
उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा नुहाउन गएका बेला दक्षिणी भारत बङ्लोर निवासी ४० वर्र्षीय आनन्द मोहन माथिबाट खससेको ढिस्कोले पुरेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए हराइरहेका ती व्यक्तिको खोजी भइरहेकोे जनाइएको छ ।
रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








