फेरि स्थगित भयो नेकपाको स्थायी समितिको बैठक

कात्तिक ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक फेरी स्थगित भएको छ । समितिका एजेन्डाहरुबारे छलफल गरी प्रस्ताव तयार पार्न नसक्दा कात्तिक १२ लागि डाकिएको बैठक स्थगित भएको हो । 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण पनि बैठक स्थगित भएको स्रोतले बतायो । 

प्रधानमन्त्रीले चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका छन्। बिरामी भएका कारण प्रधानमन्त्री ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि उपस्थित हुन सकेनन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *