जोशीलाई महाअभियोग लगाए नेकपालाई दण्डित गर्ने काँग्रेसको चेतावनी

काठमाडौँ, असोज ७ । प्रतिपक्षी दल नेपाली कांग्रेसले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने चर्चा गरेर न्यायपालिकालाई कमजोर बनाउन लागेको आरोप लगाएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले न्यायाधीशमाथि महाअभियोगको भय कायम राखेर सरकारले कानूनलाई दबाबमा राखेको आरोप लगाएका हुन् ।

काँग्रेसले तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराउँदै वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले काँग्रेसको जस्तै गल्ती हुनेगरी जोशी विरुद्ध महाभियोग लगाए जनताले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि दण्डित गर्ने बताए ।

जोशीलाई राजीनामा नदिए महाभियोग लगाउँछौं भन्ने खालको धम्की दिइएको भन्दै आफूहरुलाई सैह्य नहुने चेतावनी पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =