क्रेनको ठक्करबाट नायब सुब्बाको दुर्घटनामा निधन

इलाम, असोज ७ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए ।

क्रेनको ठक्करबाट कोइराला चढ्नुभएको मे ५ प ६६६४ नंको मोटराइकल क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =