निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः राजदुत आचार्य

काठमाडौं, २४ माघ । भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारलाई प्राथमिकताका साथ अघि बढाउने बताए । 

बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौँमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा बोल्दै राजदुत आचार्यले निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने बताएका हुन् । 

उनले आर्थिक कूटनीतिको माध्यमबाट कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पहल गर्ने प्रतिबद्धता जनाए । राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए। 

null

कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदुतहरुको पनि सम्मान गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =