बुढानिलकण्ठको १०, ११, १२, र १३ वडामा मेलम्ची खानेपानीको लाइन बिस्तार हुँदै

काठमाडौ,असोज ७ । मेलम्चीको पानी आउने आसमा काठमाडौँका बासिन्दाले धेरै वर्ष बिताइसकेका छन । अब बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ ,१२ र १३ को तल्लो भागमा मेलम्ची खानेपानीको लाइन विस्तारको पहल शुरु भएको छ।

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य डा .राजन भट्टराईको नेतृत्वमा गएको टोलीलाई लाइन विस्तारको लागि बजेट व्यवस्थापन भैसकेको जानकारी दिएका थिए ।

सो भेटमा डा.राजन भट्टराईले वर्तमान अर्थमन्त्री रास्ट्रिय योजना आयोगको उपाध्यक्ष हुदाका बखत चक्रपथ भन्दा बाहिर पनि मेलम्ची खानेपानी विस्तारको आफ्नो पहलमा डा.खतिवडा बाट सहयोग भएको स्मरण गरेका थिए डा. भट्टराईले उक्त भेटमा बुढानिलकण्ठ नगरपालिकामा ठुला पूर्वाधार निर्माणको योजनाका वारेमा पनि सहयोगको अनुरोध गरेका थिए ।

करिव २ अर्व ५० करोडको लागतमा सो क्षेत्रमा खानेपानी लाइनको विस्तार हुनेछ । अर्थमन्त्री संगको भेटमा बुढानिलकण्ठ नगर प्रमुख र वडा अध्यक्षहरुले आफ्नो वडाका विकास र योजनाका वारेमा जानकारी गराएका थिए ।

डा .राजन भट्टराई को नेतृत्व मा गएको टोलीमा प्रदेस सभा सदस्य कुसुम कुमार  कार्की , बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल ,उप प्रमुख रमा राई ,नेकपाका नेताहरु सुन्दर पुर्कुटी , मिठाराम अधिकारी , बिदुरबिक्रम खड्का , रबिन अधिकारी ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ लगायत अन्य व्यक्तीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =