शेयरमा लगानी किन गरिन्छ ?

काठमाडौँ, असोज ७ । विश्वका धनाढ्य व्यक्तिहरुको सूचीमा शेयरमा लगानी गर्ने शेयर बादशाह वारेन बफेट तेस्रो नम्बरमा परेको फोब्र्सले जनाएको छ ।

नेपालमा पनि शेयरमा लगानीकर्ताको संख्या करिब १३ लाख रहेको सीडीएससीको तथ्यांकले बताउँछ र यो संख्या क्रमशः बढ्दो क्रममा रहेको जानकारहरुको दाबी रहेको छ ।

प्राथमिक र दोस्रो बजार गरी अहिले नेपाली शेयर बजारमा प्रवेश गर्ने बाटाहरु रहेकामा सेयरबाट करोडपति हुने आशामा यसको आकर्षण औद्यी रहेको विज्ञहरुको मत छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको शेयरमा मात्र लगानी गर्न सकिने बजार दोस्रो बजार हो भने नयाँ कम्पनीका सेयरहरु सेबोनबाट निष्कासन अनुमति पाई सर्वसाधारण व्यक्तिहरुले आईपीओको अंकित मूल्य रु. १ सय र एफपीओ भन्नाले अंकित मूल्यमा प्रिमियम जोडी आउने मूल्यमा लगानी गर्ने बजार पहिलो बजार वा प्राथमिक बजार हो ।

धितोपत्रमा लगानीको मुख्य उद्देश्यहरूमा सुरक्षित, उच्च प्रतिफल तथा तरलता हुनुपर्छ । एउटा उद्देश्य प्राप्त गर्न खोज्दा अर्को उद्देश्यमा असर पर्ने हुँदा यी उद्देश्यहरुमा आवश्यक सन्तुलन कायम गर्नुपर्दछ ।

धितोपत्रमा सुरक्षित लगानी भनेको तुलनात्मक विषय हो । कुनै धितोपत्र बढी जोखिमयुक्त हुन्छन् भने कुनै कम । शून्य जोखिम भएका धितोपत्र हुँदैनन् । त्यसैले आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता अनुसारको धितोपत्र रोज्नुपर्छ ।

धितोपत्र वा अन्य कुनै व्यापार व्यवसायमा जोखिम र प्रतिफल एकअर्कासँग जोडिएका विषय हुन् । प्रायः उच्च प्रतिफल दिने धितोपत्रहरुमा जोखिम पनि उच्च नै हुन्छ । लगानीकर्ता जोखिम र प्रतिफलबीचको यो सम्बन्धबारे जानकार हुनुपर्छ ।

परेको बेला तुरुन्तै बेचेर नगदमा परिणत गर्न सकिने धितोपत्रलाई तरल भनिन्छ । स्टक एक्सचेन्जमा बारम्बार कारोबार हुने धितोपत्रहरु तरल हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =