कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

माघ २२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । 

प्रदेशसभा बैठकमा स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठित विशेष समितिले समय सकिन लाग्दा समेत बेवास्ता गरको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । 

सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख पूर्णबहादुर घर्तीबीच द्वन्द्व समेत सिर्जना भएको छ। 

null

प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संसदको कार्य अगाडि बढाउन सुरु गरे लगत्तै कांग्रेस सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर रोष्ट्रम घेराउ गरेका थिए । सांसदहरुले सदनमै नाराबाजी गरेका थिए । 

कांग्रेसको विरोधपछि संसदको अर्को बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ। 

सुझाव संकलन गर्न सांसद् दीपेन्द्र कुमार पुनको संयोजकत्वमा १५ सदस्यीय समिति बनाइएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =