स्याङजामा प्रहरी जवानले आफ्नै च्यापुमा हाने एक राउण्ड गोली
२०७४ जेठ १५ गते

“
स्याङ्जा, असोज ७ । सुरक्षा गार्ड स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र मगरले मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानी आत्महत्या गरेका हुन् ।
शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेटको सुरक्षामा खटिएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








