निगमले विदाको दिन पनि पेट्रोल पम्पलाई इन्धन सप्लाइ गर्दै

“काठमाडौं, असोज ६ । नेपाल आयल निगमले विदाको दिन पनि पेट्रोल पम्पलाई इन्धन सप्लाइ गर्ने भएको छ।

पेट्रोल पम्पमा अत्याधिक लाइन बढेपछि विदाको दिन पनि थानकोट डिपोले तेल वितरण गर्ने भएको हो। चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएको छ ।

शुक्रबारदेखि रक्सौंलबाट समेत तेल आउन थालिसकेकाले अहिले बाटोमा रहेको तेल आएमा शनिबार देखि नै मागे अनुसार वितरण गर्न सक्ने अवस्थामा हुने निगमले जनाएको छ ।

थानकोट डिपोले शुक्रबार ५ लाख ८ हजार लिटर पेट्रोल र ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =