लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या
२०७४ जेठ १५ गते

“एजेन्सी –भारत प्रशासित कश्मीरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको छ ।
दशकौँदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै कश्मीरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका विषयलाई लिएर विवाद हुँदै आएको छ । दुवै देशले कश्मीरलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएका छन् ।
कश्मीर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








