भारतीय सुरक्षा निकायको निगरानीमा थिए सुनसरीका खुर्सिद, के थियो काण्ड ?

“
सुनसरी, असोज ५ । सुनसरीको भुटाहास्थित रैयान नेश्नल स्कूलका सञ्चालक मौलाना खुर्सिद अन्सारीको भारतीय समूहद्वारा गोली हानी हत्या गरेपछि त्यहाँको स्थिति तनावग्रस्त छ ।
बिहिबार साढे ११ बजेतिर सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा खुर्सिदको गोली हानी हत्या गर्दा घटनास्थलमा प्रहरी ढिलो आइपुगेको भन्दै आक्रोशित बनेका स्थानियवासीहरुले विरोध गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको हो ।
स्थानियले घट्नापश्चात् सुरु गरेको विरोध झनै चर्किएको छ । यता गृहमन्त्रालयले घटनाको अनुसन्धानका लागि प्रदेश १ प्रहरी मुख्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा छानविन समिति समेत गठन गरेको छ।
घटना घटेसँगै अन्सारीका बारेमा विभिन्न तथ्यहरु बाहिरीने क्रममा उनलाई सन् १९१३ मा भारतको मुम्बईमा भएको बम बिस्फोटमा संलग्न भएको आशंकामा भारतीय प्रहरीले खोजिरहेको तथ्य समेत बाहिरीएको छ ।
उनको हत्यालाई यसै घटनाक्रमसँग दाँज्न खोजिएको छ । उनलाई भारतीय भारतीय सुरक्षा निकायले समेत विशेष निगरानीमा राखेको पाइएको छ ।
सुनरीको हरिनगर गाउँपालिका–२ का ४५ वर्षीय आलम स्कुल सञ्चालनका अतिरिक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय राजनीति पनि गर्थे। उनी २०५३ तिर नेकपा एमालेमा प्रवेश गरेका थिए । आलम तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार पनि हुन् ।
“








