सुनसरीमा हत्या गरिएका अन्सारी को हुन् ? यस्ता छन् पाँच परिचय

“सुुनसरी, असोज ५ । भारतीय गाडीमा आएको समूूहले बिहिबार बिहान सुनसरीको हरिनगरा गाउँपालिका २ का खुुर्सिद अन्सारीको हत्या गरेको छ । हत्यारा समूूहले प्रहरीलाई समेत गोली प्रहार गरेको छ । त्यो समूूहको गालि लागि प्रहरी पनि घाइते भए।

चार छोरी र तीन छोराका पिता अन्सारीको दिनदहाडै भएको घटनाले स्थानीय त्रसित छन् । हत्यारा पत्ता लगाउन नसक्दा थप आसंका जन्माएको छ । हत्याको कारण भने अझै पत्ता लाग्न सकेको छैन । ५८ वर्षका अन्सारी आखिर को थिए त ?

उनका पाँच परिचय

धर्मगुरु

अन्सारी मुस्लिमहरूको धर्मगुरु अर्थात मौलाना हुन् । मौलानाको अर्थ इस्लाम धर्मका प्राज्ञिक व्यक्तित्व भन्ने हुुन्छ । दुई वर्षअघि मात्रै मक्का र मदिनाजस्ता मुस्लिम आस्थाका धामहरू घुमेर फर्किएका थिए । भुटाहा क्षेत्रका ४० भन्दा बढी मस्जिदमा राम्रो पकड भएका अन्सारी धार्मिक क्षेत्रमा एउटा लिडर जस्तै थिए ।

पुुर्व सल्लाहकार

राजनीतिक रुपमा पनि अन्सारीको परिचय छुुट्टै छ । तत्कालिन एमालेको सल्लाहकार रहेका अन्सारी एमालेको सुनसरी जिल्ला परिषद् सल्लाहकार पनि थिए। भुटाहा क्षेत्रमा उनको राम्रो पकट रहेको थियो । उनको हत्यापछि शान्ति सुरक्षा, मृतकका परिवारलाई क्षतिपूर्ति र सत्यतत्य छानविन गर्न आयोग गठनको माग गर्दै नेकपा सुनसरीले विज्ञप्ती निकालेको छ।

निजी स्कुल सञ्चालक

गोली लाग्नु अघि अन्सारी विद्यालयको अभिभावक बैठक सकेर बाहिर निस्केका मात्र थिए। बाहिर निस्केर गाडीमा बस्न नपाउँदै भारत विहारको नम्बरप्लेट अंकित मोटरसाइकल पछाडि बसेका बन्धुकधारीले गोली हाने। भुटाहाको बजार क्षेत्रमा अन्सारीको आफ्नै जग्गा र आफ्नै एकल स्वामित्वमा पाँच कक्षासम्मको विद्यालय छ । रैय्यान नेशनल स्कुल उनले विगत १२ वर्षदेखि चलाउँदै आएका थिए।

मुस्लिम गैरसरकारी संस्थाका सञ्चालक

पश्चिममा भारतीय सिमाना बसमतियाबाट पाँच किलोमिटर र दक्षिणमा भारतीय सिमाना घुर्नाबाट १० किलोमिटरको दूरीमा छ, भुटाहा बजार । सोही बजार क्षेत्रका चिनिएका गैरसरकारी संस्थाका सञ्चालक थिए, अन्सारी। उनले गरिब, विपन्न र असहाय मुस्लिमहरूलाई धारा, घर र अन्य अत्यावश्यक सहयोग गर्थे। उनको दवा इन इस्लाम नामक गैरसरकारी संस्था थियो । यो संस्था ०६१ सालदेखि निरन्तर सञ्चालनमा थियो। खासगरी, खाडीका मुस्लिम देशहरूको सहयोगमा आफ्नो संस्थाबाट अन्सारीले सहायता वितरण गर्ने गरेका थिए ।

नेपाल–भारत व्यवस्थित सीमाका पक्षधर

अन्सारी भारतीय सीमा नजिकै बसेर नेपाल–भारतको संवेदनशील सीमाप्रति बारम्बार कुरा उठाउँथे । उनले सीमामा वारपार गर्नेको प्रस्ट विवरण राख्ने, सीसी क्यामेरा र तारजाली गर्नुपर्ने कुरा पार्टीभित्र पनि उठाउने गरेका थिए । खासगरी, भारतमा हुने विभिन्न घटनामा मुस्लिम जोडिएमा भुटाहा क्षेत्रमा भारतीय पक्षले मुस्लिम अगुवालाई त्रासमा राख्ने कुराको अन्सारी खरो विरोधी थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =