बंगबन्धुुको खेल तालिका सार्बजानिक, जितेको पुरस्कार राशी नपाएसम्म नेपाल नखेल्ने
२०७४ जेठ १५ गते

“काठमाडौं, असोज ५ । दशदिन पछि बङलादेशमा हुने बंगबन्धु गोल्डकपमा नेपाल समूूह ए मा परेको छ । बिहिबार सार्वजनिक भएको तालिका अनुसार नेपाल रहेको समूूहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन् । समूह बीमा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।
डिफेन्डिङ च्याम्पियक नेपालले पहिलो खेल अक्टोवर २ मा ताजकिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा प्यालेस्टाइनसँग अक्टोबर ६ मा हुनेछ
बंगबन्धु गोल्डकपको सेमिफाइनल खेल अक्टोर ९ र १० तारिख तथा फाइनल खेल १२ तारिखमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले भने नेपालले जितेको पुरस्कार राशी नपाएसम्म प्रतियोगितामा भाग नलिने बताएको छ । एन्फाले २८ तारिखसम्म आयोजकलाई पैसा उपलब्ध गराउन आग्रह गरेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








