राजधानीमा सुरु भयाे फर्निचर तथा फर्निसिङ एक्स्पो

असाेज ४, काठमाडाैं । राजधानीको भृकटीमण्डपमा छैठौें संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुति तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु भएको एक्स्पोको  कार्यक्रम असोज ४ गते देखि ८ गते सम्म चल्ने छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी क्षेष्ठले विशिष्ठ अतिथि अध्यक्ष राजेश अग्रवाल लगाएत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।

५ दिनसम्म चल्ने एक्स्पोस ख्याती प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी भएको छ । उक्त सामानहरु नजिँकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशै अफरमा फर्निचर तथा फर्निसिङ का सामानहरु विक्रि वितरण हुनेछन ।

प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । विगत वर्षका एक्सपोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ । एक्सपोमा प्रदर्शनीका अतिरिक्त अवलोकनकर्ताहरुलाई लक्की ड्र मार्फत आकर्षक उपहार समेत वितरण गरिनेछ ।

सामाग्री प्रदर्शनीका मुख्य आर्कषण किचन बेडरुम बाथरुमका साथै आउटडोर फनिचर इण्टेरिया डिजाइनर कार्पेट मार्बल कार्पेट पर्दा म्याट्रेस डेकोरेशन होम डेकोर अफिस फर्निचर होम अप्लाइन्सेज मेशिनरी औजारका साथै वस्तुगत सम्बन्धी सामाग्रीहरु प्रदर्शनीको रुपमा रहेका छन ।

प्रदर्शनीकाे उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल चेम्पर अफ कर्मशका अध्यक्ष डा . राजेशकाजी क्षेष्ठले यस्तो मेला अझै अन्तराष्टिय स्तरको हुनुपर्ने बताएका छन् । उनले सरकारले फर्निचरको लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

उद्घाटन सत्रका अर्का वक्ता अायाेजक नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेश अग्रवालले कार्यक्रममा बोल्दै यो प्रदर्शनी मात्र नभएर जनता समक्ष ब्राडिङ गर्ने अवसर रहेको बताए ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =