गोली हानी हत्या गरिएका शिक्षक खुर्शिद नेकपाका जिल्ला नेता, यस्तो छ घटनाक्रम

सुनसरी, असोज ४ । सुनसरीको भुताहामा बिहिबार भारतीयद्वारा गोली हानी हत्या गरिएका रैय्यान बोर्डिगं स्कुलका संचालक मौलना खुर्शिद इस्लाही नेकपाका जिल्ला सल्लाहकार भएको रहस्य बाहिरिएको छ ।

केन्द्रमा एमाले–माओवादी केन्द्रबीच एकता भएपनि जिल्ला स्तरमा एकता भइ नसकेकाले उनी एमालेको जिल्ला सल्लाहकारकै हैसियतमा थिए।

असोज ४ गते बिहिबार पौने ११ बजे भारतबाट आएका हतियारधारी समुहले गोली हान्दा उनको घटनास्थलमा मृत्यु भएको हो । गोली प्रहार गर्ने समूहमा चार जना भारतीय रहेको प्रहरीले जनाएको छ । हरिनगर गाउँपालिकाका वडाध्यक्ष गफार अन्सारीले हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको जानकारी दिएका थिए ।

गोली हानी भाग्ने व्यक्तिलाई घेरा हाल्ने क्रममा गोली चल्दा अन्य एक जना हरिनगरा वडा नं ४ का प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएका हुन् । गोली हानी भारततर्फ भागेका हतियारधारी समूहको पिछा गरी छेक्ने क्रममा प्रहरीसँग दिउँसो पौने एघार बजे गोली हानाहान भएको हो ।

हतियारधारी समूहको पिछा गर्दै जादा हरिनगर गाउपालिका वडा नं ४ को घुस्कीमा पुगेपछि प्रहरीमाथि समेत गोली प्रहार भएको घटना स्थलमै खटिएका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कमल खत्रीले जानकारी दिए ।

गोली हानाहानमा घाइते भएका प्रहरी हवल्दार पौडेलको उपचारका लागि जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । त्यहाँ उपचार हनु नसकेपछि थप उपचारका लागि विराटनगर पठाइएको छ ।

अहिले सीमा क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =