नेपाल महिला मगर संघले मनायो संविधान दिवस

“
धरान, असोज ४ । संविधानको विरोध र समर्थन भैरहको बेला संविधान दिवसकै अवसर पारेर नेपाल महिला मगर संघले धरानमा आफ्नो २१ औँ स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा मगर महिला संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक गायत्री आले जनसंख्याको हिसाबले दुई तिहाई भन्दा बढी ओगटेको मगर महिलाहरुलाई राज्यले विभेद गरिरहेको बताइन् ।
उनले यस्ता विभेद चिर्न मगर महिला संघको स्थापना भएको समेत उल्लेख गरिन् । मगर महिलाहरुलाई शिक्षित बनाउदै उनीहरुका हक अधिकारलाई स्थापित गर्न संघ लागि परेको उनको भनाइ छ ।
सोही कार्यत्रममा संघका जिल्ला सल्लाहकार चित्रराज थापामगर, बलराम थापा मगरले मगर महिलाहरु हरेक क्षेत्रमा नेतृत्व लिन सक्ने सक्षम हुनुपर्ने बताए ।
धरान–१६ स्थित संघकै भवनमा गरिएको कार्यक्रममा पिपल्स सप तीज उत्सवका विजेता सविना राना मगर र गरिमा तीज उत्सवमा सेकेण्ड रनरअप बनेकी लक्ष्मी मगरलाई सम्मान समेत गरिएको थियो ।
महिला मगर संघ सुनसरी जिल्ला कार्यवाहक अध्यक्ष चुनु थापा मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संघका सहसचिव दिपा दर्लामी मगरले स्वागत मन्तव्य राखेका थिए भने संघकी सचिव पिके आले मगरले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।
“








