चितवन: भदौमा मात्र दुर्घटनाबाट १५ जनाको मृत्यु, अधिकांश १८ देखि ४० वर्षका

“
भरतपुर, असोज ४ । चितवन जिल्लामा भदौमा मात्र दुर्घटनाबाट १५ जनाको ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भदौ महिनामा भएका ३१ वटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।
भदौमा भएका सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १५ जनामध्ये ७ जनाको मोटरसाइकल दुर्घटनाका छन् । मोटरसाइकल दुर्घटनाबाट मृत्यु हुनेमा ६ जना मोटरसाइकल चालक र एकजना पछाडि बस्ने व्यक्ति छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा १८ देखि ४० वर्षका युवाहरु बढी छन् ।
गत साउन महिनामा कुल २१ जनाको दुर्घटनामा मृत्यु भएकोमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेहरुको संख्या जम्मा तीन थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले अत्याधिक गति र जहाँपनि सजिलै लैजान खोज्दा मोटरसाइकल दुर्घटना बढी भएको बताए ।
“








