झाडापखाला प्रकोपबाट एक बालकको मृत्यु

जलेश्वर, असोज ४ । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाबाट बिरामी चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

झाडापखालाबाट बिरामी भएका खुश्बु खातुनको उपचारका लागि जलेश्वर अस्पताल लैजाँद गर्दा मृत्यु भएको हो झाडापखाला प्रकोप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले नैन्हीमा शिविर राखेर उपचार गरिरहेको छ । जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले स्वास्थ्य शिविरमा बिरामीको संख्या बढिरहेको छ र एकसय भन्दा बढीको उपचार भइसकेको बताए ।

झाडापखालाका बिरामीलाई स्थानीय मदरसा र नजिकै रहेको स्वास्थ्य चौकीमा राखेर उपचार गर्ने क्रम जारी छ । झाडापखालाले गम्भिर बनेका केहीलाई जिल्ला अस्पतालमा पठाइएको छ ।

मुस्लिम टोलमा मंगलबार रातिदेखि झाडापखाला संक्रमण देखिएको थियो । उनीहरुको बुधबार बिहानैबाट उपचार थालिएको थियो ।
जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा. राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोलीले उपचार गरिरहेको बताए । अन्यत्र संक्रमण फैलिन नदिने गरी काम भैरहेको उनले जानकारी दिए ।

उतm घटना खेतमा पानी जमेको स्थानमा पाइएका माछा खाँदा भाडापखाला फैलिएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =