रोनाल्डोलाई करियरको ११ औं रेडकार्डले दिएको पीडा

एजेन्सी, असोज ४ ।युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूहगत चरणको पहिलो खेलमा बिहीबार युभेन्ट्सले भ्यालेन्सियालाई २-० गोलले हराएपनि पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोले पाएको रेडकार्ड चर्चाको विषय बनिरहेको छ।

स्पेनिस क्लब रियल म्याड्रिडलाई पछिल्ला तीन युरोपियन च्याम्पियन्स लिग जिताएका रोनाल्डो यसै सिजन युभेन्ट्समा आवद्ध भएका थिए। उनी यस प्रतियोगिताका सर्वकालिन सर्वाधिक गोलकर्ता पनि हुन्। भ्यालेन्सियाविरुद्ध २९ औं मिनेटमा रातो कार्ड पाएपछि रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए।

रोनाल्डोले खेल करियरमा हालसम्म ११ पटक रातो कार्ड पाएका छन्। उनले युरोपियन च्याम्पियन्स लिगमा रातो कार्ड पाएको यो पहिलोपटक हो। यीमध्ये ६ वटा रेड कार्ड उनले रियल म्याड्रिडबाट खेल्नेक्रममा पाएका थिए। चारपटक म्यानचेस्टर युनाइटेडबाट खेल्दा पाएका थिए।

उनले सातपटक सोझै र चारपटक दोहोरो पहेँलो कार्डका कारण रेड कार्ड पाएका छन्। रोनाल्डोले इङ्लिस प्रिमियर लिगमा चारपटक, ला लिगामा चारपटक, स्पेनिस सुपरकप र कोपा डेल रेमा एकएकपटक रातो कार्ड पाएका छन्।

रोनाल्डोले पहिलो रेडकार्ड सन् २००३/०४ सिजनमा एस्टन भिल्लाविरुद्ध खेल्नेक्रममा पाएका थिए। त्यस सिजन प्रिमियर लिगको अन्तिम खेलमा रोनाल्डोले रातो कार्ड पाएका हुन्।

उनले अन्तिमपटक सन् २०१७ को अगस्ट १३ मा बार्सिलोनासँग खेल्नेक्रममा दोहोरो पहेँलो कार्डका कारण मैदानबाट बाहिरिनु परेको थियो। रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्नेक्रममा भने रातो कार्ड पाएका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =