चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रहः उपराष्ट्रपति पुन

काठमाडौँ, असोज ४ । चिनको औपचारिक भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन ।

भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल– चिन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए । उनले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल  चिनबीच सदियौँदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गरे ।

उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ बिआरआई मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताए । चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताए । उपराष्ट्रपति पुनले नेपाल एक चिन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चिनविरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

ल्हासा, काठमाडौँ, लुम्बिनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियासम्म जोड्न सकिने र त्यसबाट दुबै देश लाभान्वित जानकारी दिँदै अवरुद्ध तातोपानी नाका सञ्चाल, केरुङ नाकाको स्तरोन्नति, ओलाङचुङगोलालगायतका नाका सञ्चालनमा पनि जोड दिए ।

भेटका क्रममा उनले नेपालले बुधबार नै संविधान दिवस मनाइएको स्मरण गर्दै संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनेपछि सरकारको ध्यान आर्थिक समृद्धितर्फ गएको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रति पुनले नेपालको समृद्धिका लागि  चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताए । पुनले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेकाले यसलाई सन्तुलनमा ल्याउन दुवै देशले ठोस पहल गर्नुपर्नेमा जोड दिए ।

नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण बनेको बताउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सहज हुने बताए । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

सो अवसरमा चिनका उपप्रधानमन्त्री हुले नेपाल चीनको घनिष्ठ र साझेदारी देश भएको बताउँदै नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ कार्यक्रममार्फत अघि बढेकोे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =