‘कथा काठमाण्डु’ले पायो ‘पीजी सर्टिफिकेट’

असोज ३, काठमाडौं । एक सातापछि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कथा काठमाण्डु’ले ‘पीजी सर्टिफिकेट’ पाएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ दिएको हो ।
विवादस्पद दृश्यका कारण यो चलचित्रले पीजी पाएको हो । झण्डै एडल्ट चलचित्रकै श्रेणीमा राख्नुपर्ने चलचित्रले ‘पीजी सर्टिफिकेट’ पाएको छ । यस अघि नै चलचित्रको ट्रेलरमा अत्याधिक यौन दृश्य राखेर विवादमा आएको ‘कथा काठमाण्डु’ लाई पत्र चलचित्र विकास बोर्डले पत्र समेत काटेको थियो ।

चलचित्रलाई सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट नदिएर ‘पीजी’ दिएपछि यसभित्र उच्छृङ्खल दृश्य नभएको प्रष्ट भएको छ । श्रीमती इच्छा विपरित हुने सम्बन्धलाई बलात्कार भनिन्छ भन्ने कथालाई चलचित्रमा देखाउन खोजिएको चलचित्रकी निर्देशक संगीता श्रेष्ठले बताएकी छिन् ।

विजय राईको निर्माणमा तयार भएको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरि, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारको भूमिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =