दुई पत्रकार सम्मानित

काठमाडौँ, असोज ३ । नेपाल खेलकूद पत्रकार मञ्च एनएफजले खेलकूद पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत दुई पत्रकारलाई आज सम्मान गरेको छ ।

मञ्चको १४ औँ साधारणसभाको अवसरमा यहाँ आयोजित कार्यक्रममा एनएसजेएफ पत्रकारिता सम्मानबाट पत्रकार सीताराम अग्रहरि पुरस्कृत भएका छन । अग्रहरी खेलकूद पत्रकार मञ्चको संस्थापकसमेत रहेका छन । सम्मानपत्रसहित रु १५ हजार प्राप्त गरेका छन ।

त्यस्तै कार्यक्रममा राजधानी दैनिक पत्रिकामा कार्यरत खेल पत्रकार दिल तामाङ युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन । सम्मानपत्रसहित उनले एप्पल कम्पनीको आइप्याड प्राप्त गरे ।
पत्रकारद्वयलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र मञ्चका अध्यक्ष महेश आचार्यले सम्मान गरेका छन ।
ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले खेलकूद क्षेत्रको विकासमा उल्लेखनीय योगदान गर्दै आएको चर्चा गरेका छन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =