बहराइनमा एकैपटक ९ नेपालीमा देखियो कोरोना, संक्रमितको संख्या १२ पुग्यो

चैत २२, काठमाडौं । बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ ।   

पछिल्लो विवरण अनुसार एकैपटक ९ नेपालीलाई कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ पुगेको हो । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको छ ।   

दूतावासका अनुसार यसअघि त्यहाँ ३ नेपालीलाई कोरोना संक्रमण भइसकेको छ । एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =