कोरोना संक्रमित युवतीको स्वास्थ्यमा सुधार

चैत १५, काठमाडौं। कोरोना भाइरस संक्रमित युवतीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिए। उनले कोभिड–१९ संक्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाए।   

फ्रान्सबाट आएको कोभिड–१९ संक्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ। फ्रान्सबाट गत चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएको युवतीमा कोभिडको संक्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको हो। 

नेपालमा हालसम्म चार जनामा कोभिडको संक्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *