लागूऔषधसहित तीन युवा पक्राउ

दमौली,  असोज  २ । प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिएका छन ।

तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १०० थान, नुफिन १०० थान र फेनरागन १०० थान बरामद गरेको छ ।                                                                                         रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =