स्वचालित पूर्ण अनलाइनमा झारो टार्दै नेप्से, अझै दुई महिना पछि मात्रै पूर्ण अनलाइन

“
काठमाडौँ, असोज २ । नेपाली सेयर बजारमा निकै चासो, बहस र सम्भावना बोकिएको भनिएको ईन्टरनेटमा आधारित पूर्ण स्वचालित अनलाइन ट्रेडिङ प्रणाली नेप्सेले सूचारू गर्ने छाट्काट मंसिरमा सारेको छ । यसअघि पनि पटक–पटक पूर्ण अनलाइन सारेर १३ लाख लगानीकर्ताहरुको लगानी रहेको पूँजी बजारमा नेप्से आलोचित बन्दै आएको छ ।
साउन १ गतेदेखि सञ्चालित युएटी पश्चात् हिजो नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलन मार्फत आजबाट मोक टेस्टिङ्ग गर्न लागेको जानकारी दिएको छ ।
मोक टेस्टिङ्गमा सेयर लगानीकर्ताहरुले ब्रोकरबाट लगईन र पासवर्ड लिइसकेका र अब लिनेले सहभागी हुन पाउनेछन् । पूर्ण अनलाइनमा पूर्व अभ्यासका रूपमा लिईएको मोक मार्फत कारोबार गर्दा आउने समस्याहरुको पहिचान गरि पृष्ठपोषण लिने र आवश्यक सुधार गर्दै जाने वाईको कम्पनीका प्राविधिक सागर उपाध्यायले बताए। यसको सेटल्मेन्ट नहुने र सिडिएससीको पनि संलग्नता रहने छैन ।
‘फिड्ब्याकका लागि नेप्सेले छुट्टै मेल अकाउन्ट् खोल्छ र यसमा फिचरहरु अपग्रेड गर्दै जानेछौँ’, नेप्सेका आईटी प्रमुख निरान्जन सिङ्ग नायकले भने । मोक ट्रेडिङ आज बाट १० बजेदेखी बेलुकी ७ बजेसम्म नै लगानीकर्ता सहभागिता जनाउन सक्ने व्यवस्था रहेको नायकको भनाइ छ ।
नेप्सेको वेबसाईटमा हिजो नै म्यानुवल हालिसकिएको र भोलीसम्ममा भिडियो पनि हाल्ने आईटी प्रमुख नायकले बताए ।
पूर्ण स्वचालित अनलाइन प्रणालीका विषयमा सफ्टवेयर डेभलपर कम्पनी वाईको कम्पनी, नेप्से र ब्रोकरहरुको छलफल हुनेपर्ने आवश्यकता औल्याउँदै स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी आफ्नो मन्तव्य राखेका थिए ।
नेप्सेका सिईओ चन्द्रसिंह साउदका अनुसार मोक पूर्ण अनलाइन जस्तै रहेको छ । वाईको कम्पनीसङ्ग सिधै ब्रोकरले सफ्टवेयर किन्न सक्नेछन् र डाटा सेन्टर पनि निकट भविष्यमा नेप्से आफैँले बनाउने खुलासा गरेका छन् ।
“








