जापानमा ‘हिट ४३ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी अबिरल घिमिरे भिड्दै

“
काठमाडौँ, असोज, १ । जापानको नागोयामा आयोजित हिट ४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अबिरल घिमिरे प्रतिस्पर्धा गर्ने भएका छन् ।
भोली हुने जापानको नागोयामा आयोजित हिट ४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ नेपालको प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अबिरल घिमिरेले जापानीज फाईटर युहेयी संग प्रतिस्पर्धा गर्न लागेका हुन् । ३ राउन्डको खेलमा विजयी भए ब्राजिल या वोलिभिया संग घिमिरेको प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं चन्द्रगिरीका अबिरल घिमीरेले यस अघि विभिन्न देशको खेलाडीहरू संग आठौ पटक जित हात पारेसकेका छन् ।
उनी पूर्व राष्ट्रिय मार्शल आर्ट खेलाडी देवकुमार घिमिरेका छोरा हुन् । घिमिरेका कोच पनि उनैका बाबु हुन ।
भोली हुने खेलमा नेपाली समय अनुसार १२बजे हुने खेलमा ब्राजिलियन खेलाडी ब्रुरूणो गाजिनो र वोलिभियन खेलाडी डेबिट जुनिटा बिच प्रतिस्पर्धा हुने छ ।
हिट ४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङमा बिजयी खेलाडीले बेल्ट, नगद तथा राष्ट्रको नाम दर्ज गराउने सफलता प्राप्त गर्ने छन् । हिट ४३ किक बक्सिङ जापानको प्रसिद्ध खेल मानिन्छ ।
“








