जेटि कपको चौँथो संस्करण मंसिरमा हुने

बौनियाँ , भदौ ३१। २०७२ सालबाट नियमित रुपमा सञ्चालन हुँदै आईरहेको जेटि कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण मंसिर १ गतेबाट सुरु हुने भएको छ।

आइतबार जगत तारा इंग्लिस बोर्डिङ्ग स्कुलमा आयोजित एक कार्यक्रमका बिच विद्यालयका संस्थापकले सो कुराको जानकारी दिएका हुन् । कैलाली जिल्लाभित्र रहेका विभिन्न  विद्यालयको सहभागिता रहने प्रतियोगितामा यस बर्ष पनि कक्षा १० सम्मका  विद्यार्थिहरुले सहभागिता जनाउने अवसर पाउनेछन् ।

२०७२ सालमा १० हजार प्रथम पुरस्कार र १६ वटा टिमहरुको सहभागिताबाट सुरु भएको प्रतियोगितामा यस बर्षको प्रथम पुरस्कार ६१ हजार राखिएको छ । आयोजकले यस बर्ष जिल्लाभित्रका करिब २४ वटा ब विद्यालयहरुको प्रतियोगितामा सहभागिता रहने अनुमान समेत गरेको छ । प्रतियोगिता लिक कम नकआउटका आधारमा सञ्चालन गराउने समेत आयोजकले बताएको छ ।

 

 

प्रतियोगिता संचालनमा  करिब ४ लाख खर्च हुने र त्यसको व्यवस्थापनका लागि प्रायोजकहरुको खोजि कार्य जारि रहेको प्रतियोगिता संयोजक एवम  विद्यालयका संस्थापक एकेन्द्र मल्लले बताए ।

यसैगरि आइतबारनै प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न व्यक्तिलेह जिम्मेवारी समेत दिएका छन्। जसमा विद्यालयका संस्थापक एकेन्द्र मल्ल स्वयम् प्रतियोगिता संयोजक,राजेन्द्र रावल प्रचार प्रसार संयोजक,पदम राज ओझा प्रवत्ता,विकास मल्ले आर्थिक संयोजक,प्रमोद आचार्य खेल सामाग्रि व्यवस्थापक र रविन रिजाल लाई खेल मैदान व्यवस्थापन को जिम्मेवारी तोकिएको छ ।

प्रतियोगिता यस वर्ष पनि बर्दगोरिया गाउपालिका वडा नम्बर ४ स्थित मुडा बजारको खेल मैदानमा सञ्चालन हुनेछ । सो अवसरमा   विद्यालयका प्रिन्सिपल मनोज कुमार पन्तको समेत सहभागिता रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =