राष्ट्रियसभामा आज: मौलिक हकसम्बन्धी १५ विधेयक पेश हुँदै

काठमाडौं, भदौ ३१ । राष्ट्रियसभाको बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठक आज ११ बजेका लागि बोलाइएको छ ।

मौलिक हक कार्यान्वयनका लागि असोज २ गते भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा प्रतिनिधिसभाबाट पारित मौलिक हकसम्बन्धी १५ वटा विधेयक छलफलका लागि टेबल हुने भएका छन् । असोज भित्रै सबै विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप विधेयकमाथिको छलफललाई तीव्रता दिइएको हो ।

पहिलो पटक मौलिक हकसम्बन्धी कानुन बन्न लागेकाले प्रर्याप्त समय नदिँदा पछि संशोधनको झमेला हुने भन्दै विद्येयक माथिको दफाबाट छलफललाई मजबुद बनाउने तयारी गरिएको छ ।

आज प्रस्तुत हुने विद्येयकमा सामाजिक सुरक्षा, जातीय भेदभाव तथा छुवाछुत ऐनलाई संशोधन गर्न बनेको विधेयक, रोजगारीको हक, अनिवार्य तथा निःशुल्क शिक्षा, भूमि सम्बन्धी ऐनलाई संशोधन, वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

त्यस्तै खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उपभोक्ता संरक्षण सम्बन्धी विधेयक राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =