मानव विकास सूचकांकमा यस पटक १ सय ४९ औं स्थानमा
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ ३१ । मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १ सय ४९ औं स्थानमा छ।
१ सय ८९ मुलुकमध्ये सन् २०१६ मा १ सय ४८ स्थानमा थियो । मानव विकास सूचकांक ० दशमलब ५७४ छ । सन् २०१६ मा नेपालको मानव विकास सूचकांक ० दशमलब ५६९ रहेको थियो । यो आधरमा नेपालले मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ।
तर, अन्य मुलुकको प्रगति नेपालको भन्दा राम्रो भएकाले स्थान भने तल झरेको छ । यूएनडीपीले मुख्य गरी औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरुका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








