इंग्लिस प्रिमियर लिगः म्यानेचष्टर सिटीले फुलहमलाई हरायो
२०७४ जेठ १५ गते

“एजेन्सी, भदौ ३१ । इंग्लिस प्रिमियर लिगमा म्यानेचष्टर सिटीले फुलहमलाई हराएको छ । शनिबार भएको खेलमा सिटीले फुलहमलाई ३-० गोल अन्तरले हराउँदै अपराजित यात्रा कायम राखेको छ ।
घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दोस्रो मिनेटमा नै सानेको गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा डेभिड सिल्भाले अग्रता दोब्बर पारे ।
दोस्रो हाफको सुरुमा नै राहम स्टर्लिङले गोल गर्दै म्यानचेष्टर सिटीलाई ३ अंक दिलाएका छन् । अर्को खेलमा आर्सनलले न्यूक्यासललाई २-१ र बोर्नमाउथले लिसेस्टरलाई ४-२ ले हराएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








