मालदिभ्सलार्इ साफ च्याम्पियनसिपको उपाधि

भाद्र ३०, काठमाडौं । भारतलाई हराउँदै मालदिभ्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेश ढाकास्थित बंगबन्धु रंगशालामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा भारतलाई २–१ ले पराजित गर्दै मालदिभ्सले उपाधि उचालेको हो।

यो जितसँगै मालदिभ्सले समूहचरणमा भारतविरुद्ध हारको बदला पनि लिएको छ। समूह चरणमा मालदिभ्सलाई भारतले २–0 ले पराजित गरेको थियो । त्यसको बदलामा मालदिभ्सले फाइनलमा नमिठो हार चखायो।

सर्वाधिक विजेता भारतलाई निराश पार्ने क्रममा मालदिभ्सले पहिलो हाफमा र दोश्रो हाफमा एक एक गोल गर्‍यो। पहिलो हाफको १९ औं मिनेटमा इब्राहिम मेहुधीले गोल गर्दै अग्रता दिलाए।

त्यसपछि थप आक्रमक बनेको भारतले दोश्रो हाफको ६६ औं मिनेटमा काउण्टर अट्याकमा गोल खायो। अलि फासिरले गोल गर्दै भालदिभ्सलाई जिततर्फ डोहोर्‍याए। भारतले खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गरेपनि त्यसपछि गोल गर्न सकेन । भारतका लागि सुमित पासीले सान्त्वना गोल गरे ।

मालदिभ्स नेपाललाई र भारत पाकिस्तानलाई पराजित गर्दै फाइनलमा भेट भएका हुन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =