साफ फाइनल : भारतलाई जित दोहोर्याउने र माल्दिभ्सलाई बदला लिने मौका

काठमाडौं, भदौ ३० । सात पटकको च्याम्पियन भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि माल्दिभ्सको सामना गर्दैछ ।

यी दुई टोली समूह चरणमा पनि आमने सामने भएका थिए । समूह बी अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

आजको खेलमा भारत समूूह चरणकै नतिजा दोहोर्याउने दाउमा हुनेछ भने मालदिभ्स त्यसको बदला लिंदै उपाधि आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ ।

बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार साँझ नेपाली समयअनुसार पौने ७ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गरेको थियो भने भारतले चीरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ३–१ गोलले हराउँदै उपाधि भिडण्त पक्का गरेका थिए ।

भारत साफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि भएकाले उसलाई उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =