बलात्कार, हत्या हिंसाका विरुद्ध नयाँ शक्ति सडकमा

भाद्र २९, काठमाडौं । दिनप्रतिदिन हत्या बलात्कारका घटना बढिरहे पनि सरकारले अपराधी पक्राउ गर्न नसकेको भन्दै बाबुराम भट्टराईको नयाँ शक्ति नेपालले विरोध प्रर्दशन गरेको छ ।

आज दिउसो नयाँ शक्ति नेपालको भातृ संगठन दलित तथा अल्पसंख्यक विभागको संयोजनमा भएको विरोध प्रर्दशनमा संगठनका विभिन्न वर्ग र क्षेत्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बबरमहल हुँदै नयाँ बानेश्वरमा गएर टुंगिएको थियो ।
देशमा बढ्दो जातीय छुवाछूत महिला माथी बलात्कार हत्या हिंसा अपहरण, बढ्दो महङ्गीको विरुद्धमा राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजित विरोध प्रर्दशनमा पार्टीकी नेतृ दोर्गा सोवले सरकारले बलात्कार, हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन पुरै असफल भएको बताइन् ।

सोवले अपराधिलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्न गरिन् ।

विरोध प्रर्दशनमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारी विरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =