गुल्मी पहिरो अपडेटः ज्यान गुमाउनेको संख्या ११ पुग्यो

 

साउन ८, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । 

जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकमा तीन र वडा नम्बर–४, लिम्घामा ८ जनाको मृत्यु भएको हो । 

null

सत्यवती गाउँपालिका वडा नम्बर ३, ठूलो लुम्पेकमा अविरल वर्षापछि मंगलबार बिहान ३ बजेतिर गएको पहिराले एक घर बगाउँदा त्यसमा रहेका पाँच जनामध्ये २ ज्यान गुमाएका थिए भने अर्का एकजनाको पनि शव फेला परेको थियो । २ जना घाइतेको सकुशल उद्धार गरिएको थियो । 

वडा नम्बर ४ मा करिब दुई सय मिटर माथिबाट खसेको पहिरोले तीन वटा घर बगाएको थियो । तीन घरमा ९ जना व्यक्ति रहेका थिए । ती मध्ये ८ जनाको शव भेटिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =