यी तीन घटना, जसले ततायो संसद : गृहमन्त्रीमाथि प्रश्नै प्रश्न……

काठमाडौँ, भदौ २९ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै सांसदले गृहमन्त्रीलाई विभिन्न घटनाका सन्दर्भमा प्रश्न गरेका छन् ।

गृहमन्त्रीले शुक्रबारको बैठकमा संघीय संसदका माथिल्लो संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । तर सांसदले उनको जवाफ चित्त बुझाएनन् । चित्त बुझ्दो नभएको टिप्पणी गरे ।

गहमन्त्रीले पत्रकार राजु बस्नेत पक्राउ, निर्मला पन्त हत्या प्रकरणबारे छानविन, बर्दियामा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने राम मनोहर यादवको मृत्यु, रोल्पामा मारिएका तरुण दलका नेता रोहित पुन लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका हुन् ।

गृहमन्त्री थापाले कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा शक्तिशाली भनिएका अपराधीहरुलाई कानुनको कठघरामा उभ्याउने आश्वासन दिएका छन् । उनले अपराध नियन्त्रणका लागि मन्त्रालय सदैव क्रियाशिल रहेको भन्दै दोषीलाई कारबाही गरिने आश्वासन दिएका थिए ।

यस विषयमा सांसदहरुले शक्तिशाली अपराधी भन्ने बित्तिकै हत्यारा पत्ता लाग्दा पनि सरकार किन मौन बसेको, किन कारबाही नगरेको लगायतका प्रश्न उठाएका थिए भने नेपाली काँग्रेसका सांसद गगन थापाले जनतासँग प्रधानमन्त्रीको कार्यक्रममा प्रधानमन्त्रीले घटनासँग सम्बन्धित रहेका तथ्यहरुलाई तोडमोड गरेको र छानविन नै प्रभावित हुने गरी आफ्नो विचार राखेको र निष्पक्ष छानविनलाई प्रभावित हुने कुनै पनि अभिव्यक्ति राख्न हामीलाई अनुरोध गर्ने गृहमन्त्रीले प्रधानमन्त्रीज्यूलाई भेटेर यस्तो किन गर्नुभयो भनेर प्रश्न गर्नुभयो ? भनेर गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

त्यस्तै शुक्रबारको संसद बैठकमा राजपा सांसदले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । उनले प्रश्न गरे, ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’, ‘कालो झण्डा नदेखाएर के भाला बन्दुक देखाउने पर्ने थियो ?’

यसको जवाफमा गृहमन्त्रीले मनोहर यादवको विरामी भएर मृत्यु भएको दाबी गरेका छन्। प्रहरी हिरासतमा विरामी भएका यादवलाई उपचारको क्रममा भदौ १६ गते काठमाडौं स्थिति त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बताए।

प्रहरी हिरासतमा निर्मम कुटपिट भएकै कारण यादवको मृत्यु भएको भन्दै उनले घटनाबारे छानबिन गर्न संसदले सर्वदलीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

त्यस्तै पत्रकार बस्नेत पक्राउमा सांसदले आपत्ति जनाएका छन् । सांंसदहरुले पत्रकारको स्वतन्त्र अधिकारलाई नियन्त्रणमा लिएर उनीहरुलाई हतोत्साहित गर्न नहुने बताएका थिए । पत्रकार राजु बस्नेतमाथि उजुरी परेकोले पक्राउ गरी कारवाही अगाडि बढेको गृहकन्त्रीले जवाफ दिए । उनलाई हतकडी लगाउने विषयमा केही त्रुटि भएको गृहमन्त्री थापाले स्वीकार गरे।

त्यस्तै रोल्पामा मारिएका तरुण दलका नेता रोहित पुनका विषयमा छानविन भइरहेको जानकारी दिए। घटनाको मुख्य दोषीलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको गृहमन्त्रीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =