मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने

“एजेन्सी, भदौ २९ । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् ।

यसअघि १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो । मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) प्रावधानलाई परिमार्जन गरेको जानकारी दिए।

अहिले मलेसियामा रहेका विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै गएको अगष्ट २९ मा मन्त्रिपरिषद्बाट भिसा नवीकरणसम्बन्धी यो निर्णय गरिएको हो ।  १० वर्ष बसिसकेपछि तीन वर्षको अवधि एकैपटक बढाउन भने पाइने छैन ।

‘यो अवधि धेरैमा तीन वर्ष बढाइएको हो, तर कामदारले बर्सेनि भिसा नवीकरण गर्नुपर्नेछ,’ मन्त्री कुला सेगरनको भनाई मलेसियन समाचार माध्यमले उद्धृत गरेका छन् ।

तर त्यस्ता विदेशी कामदारले स्थायी बसोबास र मलेसियन नागरिकताका लागि भने आवेदन दिन पाउने छैनन् । समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरुको वार्षिक १० हजार रिंगिट लेभी तिर्नुपर्नेछ ।

यो नियम लागू भएपछि मलेसियामा रहेका नेपालीलाई पनि फाइदा पुग्ने छ । मन्त्री कुला सेगरनका अनुसार यो नियम आउँदो असोज १५ अथवा अक्टोबर १ बाटै लागू हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =