यातायात व्यवसायीसँग सरकार झुक्यो, बैंक खाता फुकुवा गर्न तयार

“काठमाडौं, भदौ २९ । यातायात व्यवसायीसँग सरकार झुकेको छ । सिन्डिकेट तोड्ने नाममा रोक्का राखिएका यातायात व्यवसायीका खाता फुुकुवा गर्ने निर्णय गरिदिएको हो ।

यातायात व्यवसायीले दसैँका लागि टिकट अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका बैंक खाता खोल्नुपर्ने सर्त अघि सारेका छन्। दशैँको अग्रिम टिकट बुकिङमा अड्को थाप्दै रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवस्था विभागका महानिर्देशक लावण्डयप्रसाद ढकाललाई निर्देशन दिएपछि यातायातसँग सम्बद्ध समितिका बैक खाता खुल्ने भएको खबर राजधानी दैनिकमा छ।

लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै त्यस क्षेत्रका सबै समितिका बैंक खाता रोक्का गरेको सरकारले दसैलाई मध्यनजर गर्दै रोक्का भएको बैक खाता खोल्ने तयारी गरेको छ।

बैंक खाता खुला गर्न यातायात समितिहरु कम्पनीका नाममा दर्ता हुनपर्छ। ती समिति कम्पनीमा दर्ता भएपछि समितिका सम्पूर्ण चलअचल सम्पत्ति तथा बैक खाता कम्पनीका नाममा रुपान्तरण हुन्छन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =