एसिया कप क्रिकेटमा भारतीय टिमको कप्तान रोहित शर्मा

“एजेन्सी, भदौ २९ । शनिबारदेखि सुरु हुने एसिया कप क्रिकेटका लागि भारतीय टिम दुबई पुगेको छ । नियमित कप्तान विराट कोहली बिना नै भारतीय टिम एसिया कप खेल्न पुगेको हो ।

भारतीय टिमको कप्तानी रोहित शर्माले गर्दैछन् भने उनलाई पूर्व कप्तान तथा ब्याट्सम्यान महेन्द्रसिंह धोनीले सघाउने छन् । शनिबार सुरु हुने उद्घाटन खेलमा बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

भारतले १८ तारिखमा छनौट प्रतियोगिताको उपाधि विजेता सिंगापुरसँग खेल्ने छ । भारत र पाकिस्तान भने १९ तारिखमा आमने सामने हुनेछन् । एसिया कप युएई दुबई र अबुधावीमा हुने छ ।

पहिलाे एसिया कप यूएर्इले नै अायाेजना गरेकाे थियाे । सन् १९८४ मा यूएर्इबाट सुरू भएकाे एसिया कप उसले याेसहित तेस्राे पटक अायाेजना गर्दै छ । १४ अाैं संस्करणसम्म अाइपुग्दा भारतले १३ वटा संस्करणमा सहभागिता जनाएकाे छ ।

पहिलाे एसिया कपकाे उपाधि नै भारतले जितेकाे थियाे । उसले १९८६ मा श्रीलंकामा भएकाे एसिया कप खेलेकाे थिएन ।

अहिले सम्म भारतले एसिया कपकाे उपाधि सर्वाधिक ६ पटक जितेकाे छ । श्रीलंकाले ५ पटक एसिया कप जित्दा पाकिस्तानले २ पटक उपाधि जितेकाे छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =