पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाने, उच्च राजनीतिक भेटघाट गर्ने
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ २९ । पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् ।थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ ।
दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् ।
हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् ।
श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








