अवैध रुपमा भारतीय बजारबाट ल्याईएको कुखुरा नष्ट, पक्राउ परेका भन्छन्–‘नेपालकै हो’

चैत्र १, धरान । भारतसँग जोडिएको सिमावर्ती क्षेत्रमा सञ्चालित फर्मका कुखुरा ल्याई ब्यापारीहरुले अबैध रुपमा बिक्रि वितरण गर्दा नेपाली कुखुरा ब्यवसायीहरुको ब्यापार चौपट हुनुका साथै विभिन्न संक्रमणहरु भित्रिएको भन्दै धरानका कुखुरा ब्यवसायीहरुले सुनसरीका विभिन्न स्थानहरुबाट ४ टयाम्पो कुखुरा पक्राउ गरी नष्ट गरेका छन् ।   

नेपाली बजारमा विक्रि गर्ने उद्देश्यले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका कुखुरा राती ४ नै पक्राउ गरी दिउसो २ बजे ईलाका प्रहरी कार्यलय धरानमा बुझाई नष्ट गरेको पोल्टी तथा मासु ब्यवसायी संघ सुनसरीका अध्यक्ष कुलबहादुर कुँवर मनोजले जानकारी दिए । कुँवरका अनुसार यी अबैध रुपमा ल्याईएको कुखुराहरु बम भन्दा पनि घातक हुन् ।   

सुनसरीको तरहरा तथा धरानको चारकोसे झाडी अन्र्तगत सेउती र पानवारी पुल लगायतका क्षेत्रबाट पक्राउ गरिएका करिव १५० बोइलर कुखुरा नष्ट गरिएको छ । 

उता शनिबार भारतबाट कुखुरा बोकेर आएको एउटा टेम्पो प्रहरी चौकी तरहराले समेत नियन्त्रणमा लिएको छ । स्थानीय ब्यवसायीहरुले नियन्त्रणमा लिएको कुखुरा मध्ये एउटा टेम्पो भने फरार भएको पोल्टी तथा मासु ब्यवसायी संघ सुनसरी अध्यक्ष कुलबहादुरले जनाए ।   

पक्राउ परेका कुखुरा ईलाका प्रहरी कार्यलय धरानको पश्चिम पट्टीको झाडी भएको खाली जग्गामा नष्ट गरिएको थियो । पशु क्वाराईनटाईन विराटनगरका डा.अरबिन्द घिमिरेले कोरोना भारइरसको त्रासले भारत आवत–जावत गर्ने छोटी नाका बन्द भएपनि रातारात ब्रोइलर कुखुराको तस्करी हुँदा कोरोनाको जोखिम समेत बढेको  बताए ।   

स्थानीय नवि हसनले सञ्चालन गरेको कुखुरा फर्मबाट विराटनगर सहित मोरङका विभिन्न बजारमा कुखुरा निर्यात हुँदै आएको थियो । भारतबाट तयारी कुखुरा ल्याएर बिक्री गर्ने गरेको देखिएपछि शनिबार राति प्रहरीले छापा मारेको थियो । अवैध रुपमा आयात गरिएको कुखुरा नष्ट गरिएको छ । 

स्थानीय प्रशासनले एउटा जिल्लाबाट अर्काे जिल्लामा कुखुरा आयात निर्यातमा पनि कडाइ गरेको छ । तर, सीमावर्ती क्षेत्रमा भने भारतका विभिन्न स्थानहरुबाट कुखुरा तथा चल्ला आयात हुने गरेको छ । सीमावर्ती क्षेत्रमा खुलेका केही फर्महरुले खुला सीमाको फाइदा उठाउँदै अवैध रुपमा कुखुरा भित्र्याउँदै नेपाली बजारसम्म पुर्याउने गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =