समर्थन फिर्ता लिने सम्भावना तत्काललाई टर्योः राजेन्द्र महतो

 

पुस २४, काठमाडौँ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना तत्काललाई टरेको बताएका छन् । 

अध्यक्ष महतोले प्रधामन्त्री केपी शर्मा ओली आफ्नो मागप्रति सकारात्मक रहेको र केही मागहरु मध्ये सरकारले पुरा पनि गरेर देखाएका कारण समर्थन फिर्ता लिने कुरा टरेको जानकारी गराए । 

null

राजपाकै माग बमोजिम सरकारले टिकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई सांसद पदमा सपथ गराएको थियो । तर सरकारले सपथ गराएपनि सर्वोच्च अदालते कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या भएको घटनाको मुद्दामा जेल सजाय भोगिरहेका चौधरीलाई रिहा गर्न अस्वीकार गरेको थियो । 

एक टिभि कार्यक्रममा बाेल्दै महताेले टिकापुर घटना सुनियोजित नभइ दुर्घटनापूर्ण भएको जिकिर गरे । उनले राजनीतिक मुद्दालाई अपराधिक ढंगले नभइ राजनीतिक तरिकाले नै हेर्न आग्रह गरे । साथै उनले रेशम चौधरीबारे सर्वोच्चको फैसला मञ्जुर हुने पनि बताए । 

कहिल्यै पनि संविधानको विरोध नगरेको जिकिर गर्दै अध्यक्ष चौधरीले प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नेमा आफू विश्वस्त रहेको बताए । यसअघि महतोले यो संविधान कामै नलाग्ने भएको दाबी गर्दै यसलाई संशोधनको माग गरेका थिए । 

महतोले नेपाल अब संघीयताबाट कुनैपनि हालतमा ब्याक नहुने पनि दाबी गरे । उनले जनताले संघर्षबाट प्राप्त गरेको उपलब्धिहरु कहिल्यै पनि नगुम्ने विश्वास व्यक्त गरे । 

जनताले आन्दोलन गरेर राजसंस्था नै चट् भएको उदाहरण दिँदै उपलब्धि समाप्त पार्न खोज्नेहरु नै समाप्त हुने बताए । 

पार्टीभित्र कुनै द्धन्द्ध नरहेको पनि उनले जिकिर गरे । महतोले भने, ‘पार्टीभित्र आन्तरिक द्धन्द्ध थिएन । तर, मिडियामा द्धन्द्ध देखाईयो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =